• २०८१ बैशाख १७ सोमबार

डानी अल्भेजद्वारा पिएसजी छोड्ने घोषणा

kharibot

काठमाडौँ । ब्राजिलको राष्ट्रिय टिमका कप्तान डानी अल्भेजले फ्रेन्च क्लब पिएसजी छोड्ने घोषणा गरेका छन् ।

कोपा अमेरिका अन्तर्गत समुह चरणको अन्तिम खेलमा जित हासिल गर्दै क्वाटरफाइनलमा पुगे लगत्तै ल्भेजले पीएसजीमा आफ्नो दुई बर्षे सिजन टुंगाएको घोषणा गरेका हुन् ।

उनले आउदो सिजन कुन क्लबबाट खेल्ने भन्ने बारे खुलाएका छैनन् । २०१७ मा युभेन्टसबाट पिएसजी गएका ल्भेजले पिएसजीमा ७३ खेल खेलेका छन् जसमा ८ गोल पनि गरेका छन् । पिएसजीमा दुवै सिजन लिग वान जितेका ल्भेजले २-१७-१८ मा कोपा डे फ्रान्स र डी ला लिग समेत जितेका थिए ।

३६ बर्षिय राइट ब्याक अल्भेजले पिएसजी छोड्ने घोषणा गर्दै जीवनको अर्को पाटो पिएसजीसँगको यात्रा अन्त्य गरेको बताएका छन् । 

मिडिया रिपोर्टका अनुसार ल्भेजलाई प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले भित्र्याउने इच्छा व्यक्त गरेको छ ।                        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै