• २०८१ बैशाख १७ सोमबार

बंगलादेशले अफगानिस्तानलाई दियो २६३ रनको लक्ष्य

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशले अफगानिस्तानलाई २६३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाउदै २६२ रन बनाएको हो ।

बंगलादेशका लागि मुशाफिकुर रहिमले ८३ रन बनाएका थिए । रहिमले ८७ बलमा ४ चौका प्रहार गर्दै ८३ रन बनाएका थिए ।     

त्यस्तै शकिब अल हसनले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाएर आउट भए । शकिबको यस विश्वकपमा तेस्रो अर्धशतक हो भने उनले यस विश्वकपमा दुई शतक समेत प्रहार गरेका छन् ।

त्यस्तै तामिम इकवालले ३६ रन बनाए भने मह्मुदुल्लाहले २७ रन बनाए । त्यस्तै मोसददेक होसैनले ३५ रन बनाए । त्यस्तै लिटन दासले १६ र सौम्य सरकारले ३ रन बनाएर आउट भए ।

बंगलादेशका लागि मुशफिकुर रहिम र शकिबले तेस्रो विकेटका लागि सर्वाधिक ६१ रनको साझेदारी गरेका थिए । त्यस्तै शकिब र तामिमले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए ।         

अफगानिस्तानका बलर मुजीब उर रहमानले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गुलबदीन नैबले २ विकेट लिए भने दवालत जरदान, मोहमद नावीले एक एक विकेट लिएका थिए ।

प्रतियोगितामा अफगानिस्तान अहिलेसम्म खेलेका ६ खेलमा हार बेहोर्दै बाहिरीइसकेको छ भने बंगलादेश ६ खेलमा ५ अंक हासिल गर्दै छैठौ स्थानमा रहेको छ ।                                    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै