• २०८१ बैशाख १७ सोमबार

अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीको २० हजार रन पुरा

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पुरा गरेका छन् ।

कोहलीले सबै भन्दा कम खेल खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

कोहलीले ७७ टेस्ट, २३२ एकदिवसीय तथा ६७ टी-२० अन्तर्राष्ट्रिय खेलका कुल ४१६ पारीमा खेल्दै २० हजार रन पुरा गरेका हुन् ।

जारी विश्वकपमा अहिले वेस्टइन्डिजविरुद्ध ३७ रन बनाएसँगै कोहलीले तिनै फर्म्याटका खेलमा विराटले ४१६ इनिंग खेल्दै २० हजार रन पुरा गरेका हुन् ।

कोहलीले एकदिवसीय खेलमा १११२४, टेस्टमा ६६१३ र टी-२० मा २२६३ रन बनाएका छन् ।

यस अघि सचिन तेन्दुलकर र ब्रायन लाराले४५३ इनिंगमा अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पुरा गरेका थिए ।

साथै कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन बनाउने तेस्रो भारतीय खेलाडी बनेका छन् । उनी अघि सचिन तेन्दुलकर र राहुल द्रभिडले यस्तो रेकर्ड बनाएका छन् । साथै २० हजार रन बनाउने कोहली विश्वका १२औ खेलाडी बनेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाउने रेकर्ड सचिन तेन्दुलकरको नाममा छ । उनले ३४३५७ रन बनाएका छन् । त्यस्तै कुमारा संगाकाराले २८०१६ रन बनाएका छन् ।

त्यस्तै रिक्की पोंटीङले २७४८३, महिला जयवर्धनेले २५९५७, ज्याक कालिसले २५५३४, राहुल द्रभिडले २४२०८, ब्रायन लाराले २२३५८, सनथ जयसूर्याले २१०३२, शिवनारायण चन्द्रपाउलले २०९८८, इन्जमाम उल हकले २०५८० र एबी डिभिलीयर्सले २००१४ रन बनाएका छन् ।                                                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै