काठमाडौँ । न्युजील्याण्डले श्रीलंकालाई पहिलो टेस्टमा २६८ रनको लक्ष्य दिएको छ । न्युजील्याण्ड आफ्नो दोस्रो इनिंगमा २८५ रनमा अल आउट भएपछि श्रीलंकालाई जितका लागि २६८ रनको लक्ष्य दिएको हो ।
यस अघि न्युजील्याण्डले पहिलो इनिंगमा २४९ रन बनाएको थियो भने जवाफमा श्रीलंकाले २६७ रन बनाएर अल आउट भएको थियो ।
न्युजील्याण्डका लागि बिजे वैटलिंगले सर्वाधिक ७७ रनको पारी खेलेका थिए । त्यस्तै टम लाथमले ४५ रन बनाए भने सोमरभिलले अविजित ४० रन बनाए ।त्यस्तै हेनरी निकोल्स र ट्रेन्ट बोल्टले २६-२६ रन बनाएका थिए ।
श्रीलंकाका बलर लासिथ एम्बुलडेनियाले सर्वाधिक ४ विकेट लिए भने धनन्जय डिसिल्भा ३ विकेट र लाहिरु कुमाराले २ विकेट लिएका थिए ।
टेस्टको चौथो दिन २६८ रनको लक्ष्य पाएको श्रीलंकाले अहिले जवाफी ब्याटिंग गरिरहेको छ । यो समाचार तयार गरुन्जेल कुनै विकेट नगुमाई ४४ रन बनाएको छ ।