काठमाडौँ । दोस्रो एशेज बराबरीमा सकिएको छ । बर्षाको अवरोधका बाबजुद रोमान्चक मोडमा पुगेको यो खेलको अन्तिम दिन इङल्याण्डले अस्ट्रेलियालाई अलआउट गर्न नसकेपछि बारबरीमा चित्त बुझाएको छ ।
इङल्याण्डले दिएको २६७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले अन्तिम दिन ६ विकेट गुमाउदै १५४ रन बनाएको थियो ।
जसमा स्टिभ स्मिथको सब्सटिच्युटमा आएका मार्नस लाबुसचाँगेले सर्वाधिक ५९ रन बनाए भने ट्राभिस हेडले ४२ रन बनाएका थिए । त्यस्तै क्यामरुन बेनक्राफ्टले १६, डेविड वार्नरले ५, उसमान ख्वाजाले २, म्याथ्यु वाडेले १, कप्तान टीम पानेले ४ रन बनाएका थिए ।
इङल्याण्डका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने ज्याक लिचले पनि ३ विकेट लिएका थिए ।
यस अघि इङल्याण्डले पहिलो इनिंगमा २५८ तथा दोस्रो इनिंगमा पनि २५८ रन बनाउदा इनिंग घोषणा गरेको थियो । अस्ट्रेलियाले भने पहिलो इनिंगमा २५० रन बनाएको थियो ।
यस खेलमा डेभ्यु गरेका आर्चरले घातक बलिङ गरेका थिए । दुवै पारीमा कुल ५ विकेट लिए पनि उनको बाउन्सर लागेर स्टिभ स्मिथ घाइते हुदै खेल नै छोड्नु परेको छ ।
दोस्रो इनिंगमा ११५ रनको शतकीय पारी खेलेका इङल्याण्डका बेन स्टोक यस खेलको प्लेयर अफ द म्याच बनेका थिए ।
अब सिरिजको तेस्रो टेस्ट आगामी २२ अगष्टदेखि शुरु हुने छ । सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी रहेको छ ।