• २०८१ बैशाख २२ शनिबार

पोग्वाको पेनाल्टी मिसपछि म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा युनाइटेड वल्भरहम्पटनसँग १-१ गोलको बराबरीमा रोइकिएको हो ।

युनाइटेडका लागि एन्टोनी मार्सियलले एक गोल गरे भने वल्भरका लागि रुबेन नेभेजले एक गोल गरेका थिए ।

युनाइटेडका लागि पाउल पोग्वाले पेनाल्टी मिस गरेका थिए । खेलको ६८औ मिनेटमा पेनाल्टी पाएको युनाइटेडका लागि पोग्वाले हानेको पेनाल्टी वल्भरका गोल किपर रुई पाट्रीसियोले बचाएका थिए ।

पोग्वाले गत एक बर्षमा युनाइटेडका लागि अहिलेसम्म चार पेनाल्टी मिस गरेका छन् ।

यो सँगै वल्भरले लगातार तेस्रो पटक प्रिमियर लिगमा युनाइटेडसँग अपराजित भएको छ ।

यस सिजनको पहिलो खेलमा चेल्सीलाई पराजित गरेको युनाइटेड दोस्रो खेलमा बराबरीमा रोकिदा अब २ खेलमा ४ अंक बटुलेको छ ।

युनाइटेडले अब आगामी शनिबार क्रिस्टल प्यालेसविरुद्ध खेल्दै छ ।

खेलको हाइलाइट :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै