काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकर पशुपतिनाथ मन्दिर पुगेर पुजा गरेका छन् ।
जयशंकरले पशुपतिनाथ दर्शनपछि पशुपतिनाथ पारिजातको विरुवा रोपेका छन् । विदेशमन्त्री जयशंकरसँगै भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि पशुपतिनाथ पुगेका थिए ।
पशुपतिनाथ दर्शनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
जयशंकरले विहान साढे १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ ।
बुधबार काठमाडौँ आएका जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिव एक घण्टा भेटवार्ता गरेका थिए ।
त्यसपछि नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबार नै सम्पन्न भएको थियो ।
जयशंकर आजै आफ्नो दुई दिने नेपाल भ्रमण सकेर अपराहन्न ३ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।