• २०८१ बैशाख १९ बुधबार

प्रधानमन्त्री ओलीलाई विश्राम लिने वातावरण बनाउन गगन थापाको आग्रह

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिलाउन सत्तारूढ दल नेकपाको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै थापाले निरन्तर बिरामी र कमजोर स्वास्थ्य अवस्था भएका प्रधानमन्त्री ओलीलाई विश्राम लिने वातावरण बनाउन आग्रह गरेका हुन् ।

चिकित्सकहरुले शंका गरेजस्तो बारम्बार विदेश गएर उपचार गराइरहनुपर्ने प्रधानमन्त्रीमा इच्छाशक्ति हुँदैमा कामको बोझ उठाउन मुस्किल हुने भन्दै उनले कामका लागि स्वास्थ्यले पनि साथ दिनुपर्ने बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा योगदान पुर्‍याएका ओलीलाई लामो समयसम्म अभिभावककारुपमा देख्न चाहेको भन्दै सांसद थापाले उनलाई आरामको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको यकिन अवस्थाबारे सरकारले संसदलाई जानकारीसमेत नदिएको गुनासो पनि थापाले गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै