• २०८१ बैशाख १५ शनिबार

टेस्ट जित्न अस्ट्रेलियालाई ३९९ रनको लक्ष्य

kharibot

काठमाडौँ । जारी एशेज सिरिज अन्तर्गत इङल्याण्डले अस्ट्रेलियालाई ३९९ रनको लक्ष्य दिएको छ ।

आफ्नो दोस्रो इनिंगमा इङल्याण्ड ३२९ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ६९ रनको बढतसहित इङल्याण्डले ३९८ रनको अग्रता बनाएको हो ।

यस अघि इङल्याण्डले पहिलो इनिंगमा २९४ रन बनाएको थियो भने अस्ट्रेलिया २२५ रनमा आउट भएको थियो ।

इङल्याण्डले खेलको तेस्रो दिन सकिदा ८ विकेट गुमाएर ३१३ रन बनाएकोमा चौथो दिन १६ रन थप्दा बाँकि दुई विकेट गुमाएको थियो ।

अस्ट्रेलियाले भने ३९९ रनको लक्ष्य पछाउदै यो समाचार तयार गरुन्जेल २ विकेट गुमाएर ४४ रन बनाएको छ ।

अस्ट्रेलियाका डेविड वार्नर ११ र मार्कस ह्यारिस ९ रन बनाएर आउट भएका छन् भने दुवै विकेट इङल्याण्डका स्टुवर्ट बोर्डले लिएका छन् ।
         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै