• २०८१ बैशाख १४ शुक्रबार

वेस्टह्यामसँग हार्यो म्यानचेस्टर युनाइटेड

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

आइतबार सम्पन्न खेलमा युनाइटेड वेस्टह्याम युनाइटेडसँग २-० गोल अन्तरले पराजित भएको हो ।

वेस्टह्यामको जितमा एन्ड्री यार्मोलेनको र एरोन क्रेसवेलले एक एक गोल गरेका थिए । वेस्टह्यामले दुवै हाफमा एक एक गोल गरेको थियो ।

यो हारसँगै म्यानचेस्टर युनाइटेड अहिलेसम्म खेलेका ६ खेलमा २ जित, २ बराबरी र २ हारसहित ८ अंकहासिल गरेको छ । युनाइटेड ८ अंकसहित सातौ स्थानमा रहेको छ ।

त्यस्तै वेस्टह्यामभने यो जितपछि ६ खेलमा तेस्रो जितसहित ११ अंक हासिल गर्दै चौथो स्थानमा उक्लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै