• २०८१ बैशाख १७ सोमबार

राजीनामापछि नेकपाबाट सभामुख बन्न संबैधानिक अड्चन, यस्तो छ व्यवस्था 

kharibot

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि अब अर्को सभामुख को बन्छ भन्ने प्रश्न उठ्न शुरु भएको छ ।

महराले राजीनामा दिएपछि अब संबिधान अनुसार नेकपाबाट सभामुख बन्न नमिल्ने व्यवस्था रहेको छ । 

संविधानको धारा ९१ (२) मा ले सभामुख र उपसभामुख एउटै दलको हुनुहुदैन भनेर स्पष्ट व्यवस्था गरेको छ । तर अहिले तत्कालिन दुवै पदमा एकै पार्टीका रहेका थिए ।

सभामुख र उपसभामुखको निर्वाचन हुदा सभामुखमा महरा तत्कालिन माओवादीबाट सभामुख बनेका थिए भने उपसभामुख शिबमाया तुम्बाहाङफे नेकपा एमालेबाट उपसभामुख बनेकी थिइन् ।

त्यसबेला दुवै दल एकीकरण नभएको अवस्थामा रहेकाले संबिधान अनुसार क्रमश सभामुख र उपसभामुख बन्न गाह्रो भएन । तर अहिले दल एकीकरण भएर निर्वाचन आयोगमा समेत दर्ता भइसकेको अवस्थामा भने अब सभ्मुख नेकपाबाट बनाउन संबैधानिक अड्चन आउने देखिएको छ । 

अब सभामुख नेकपाबाटै बनाउन कि त उपसभामुखलाई राजीनामा गर्न लगाउनुपर्ने अवस्था आएको छ भने यदि त्यस्तो नभएमा सभामुख अन्य पार्टीबाट बन्ने देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यस विषयलाई संसदमा पटक पटक मुद्ध बनाएर अवरोध गरेपनि सभामुखले यो विषयमा अदालतमा मुद्दा परेकोले छलफल नगर्न रुलिंग गर्दै आएका थिए ।

सभामुख र उपसभामुख बारे के छ संविधानको व्यवस्था -

९१. प्रतिनिधि सभाको सभामुख र उपसभामुखः (१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।

(२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ । तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।

(३) प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन् ।

(४) प्रतिनिधि सभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्नेछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै