• २०८१ बैशाख १५ शनिबार

वुमन्स च्याम्पियन्स लिगको प्लेअफ समीकरण पुरा

kharibot

काठमाडौं । काठमाडौँमा जारी वुमन्स च्याम्पियन्स लिगमा प्लेअफमा पुग्ने तीन टिमको टुंगो लागेको छ ।

आज सम्पन्न खेलमा काट क्वीन्स काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफमा प्रवेश गरेको हो । 

१०६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेटायो ।

लिग चरणको आफ्नो पूरै चार खेल खेलेको काठमाडौंले तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर प्लेअफमा स्थान बनाएको हो । काठमाडौं प्लेअफमा पुग्दा ललितपुर फाल्कोन्स भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

यसअघि ललितपुरले आफ्नो पहिलो खेलमा विराटनगर टाइटन्ससँग चार विकेटले पराजित भएको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा चितवन राइनोजसँग ८९ रनले पराजित भएको ललितपुर आजको खेलमा पनि पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिएको हो ।

प्रतियोगितामा अब एक एक खेल खेल्न बाँकी रहेका ललितपुर र पोखरा पल्टन प्लेअफमा नपुगी बाहिरिएका छन् । दुवै टिमले आफ्ना ३-३ खेलमा पराजित भएर बाहिरिएका हुन् ।

त्यस्तै अहिलेसम्म चितवन राइनोज वुमन, काट क्विन्स काठमाडौँ र विराटनगर टाइटान्स वुमन प्लेअफमा पुगेका हुन् ।

लिग चरणमा शिर्ष स्थानमा हुने टिम सिधै फाइनलमा पुग्ने हुनाले अब हुने अन्तिम खेल चितवन र विराटनगरका लागि जित्नै पर्ने दबाब रहेको छ । अहिले ६ अंकका साथ चितवन शिर्ष स्थानमा छ भने आफ्ना चारै खेल खेलेको काट क्विन्स ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै ३ खेलमा २ खेल जितेर विराटनगर ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अब लिगको अन्तिम खेलमा चितवन र विराटनगरबीच आज खेल हुने छ, जसको विजेता फाइनलमा पुग्न सक्छ । विराटनगरले फराकिलो जित हासिल गरेमा मात्र जितपछि शिर्ष स्थानआमा रहन सक्ने छ भने चितवनलाई जित हासिल गरेमा मात्र पनि सिधै फाइनलमा पुग्ने अवसर हुने छ । त्यस्तै चितवन पराजित भएमा काट क्विन्सलाई रनरेटमा फाइदा हुनसक्ने पनि सम्भावना रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै