• २०८१ बैशाख १४ शुक्रबार

चितवन राइनोज वुमन्स च्याम्पियन्स लिगको फाइनलमा

kharibot

काठमाडौ । चितवन राइनोज वोमन टिम काठमाडौँमा जारी वुमन्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

आज भएको खेलमा विराटनगर टाइटान्सलाई ५३ रनले पराजित गर्दै चितवन प्रतियोगिताको फाइनलमा पुगेको हो ।

चितवनले दिएको १२३ रनको लक्ष्य पछाएको विराटनगर १७.५ ओभरमा ६९ रन बनाउदा अल आउट भएको थियो ।

विराटनगरका लागि ज्योति पाण्डे र डोली भट्टले २१-२१ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चितवनका लागि कवितागौतमले ३ ओभरमा ५ रन दिएर ३ विकेट लिइन भने सुमन खतिवडाले २ विकेट लिइन् ।त्यस्तै रेखा रावल, सन्तोषी चौधरी र ऋतु कनौडियाले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । चितवनका लागि काजल श्रेष्ठले सर्वाधिक ३६ रन बनाएकी थिइन् भने कन्चन श्रेष्ठले ३४ रन बनाइन । त्यस्तै इन्दु बर्माले १७ र सुमन खतिवडाले १० रन बनाएका थिए ।

जितपछि चितवन ४ खेलमा चारै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहदै सिधै फाइनलमा प्रवेश गरेको छ ।

अब काट क्विन्स काठमाडौँ र विराटनगर इलिमिनेटर खेल्ने भएका छन् । इलिमिनेटरको विजेता टिमले फाइनलमा उपाधिको लागि चितवनको सामना गर्ने छ ।

त्यस्तै प्रतियोगितामा पोखरा पल्टन र ललितपुर फाल्कोन्स भने बाहिरिइसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै