• २०८१ बैशाख १७ सोमबार

‘नेपाल लोक स्टार’ को ग्रान्ड फिनाले कार्तिक ८ गते 

kharibot

काठमाडौं । रियालिटी शो ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले यही कात्तिक ८ गते हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमार्गमा ग्रान्ड फिनाले हुनेछ । 

साँझ ५ बजेबाट ८ बजेम्म फिनाले चल्नेछ । उक्त ग्रान्ड फिनालेबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले जनाएको छ ।

‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धी फाइनल पुगेका छन् । रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका छन् । ३२औं श्रृंखलाबाट चार उत्कृष्ट फाइनमा पुगेका छन् ।  

‘नेपाल लोक स्टार’का अनुसार गत शनिबार दिउँसो १२ बजेबाट कात्तिक ८ गतेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा  दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् । 

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । 

‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् । 

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै