• २०८१ बैशाख १७ सोमबार

रियालिटी सोको रियालिटी चेक - पहिलो लोक स्टार बने शनि

kharibot

फाइल तस्वीर

कार्तिक ८ गते भृकुटीमण्डपबाट प्रत्यक्ष प्रसारण गरिएको नेपालको मौलिक रियालिटी सो लोक स्टारको उपाधि रोल्पाका शनि वि.क.ले हात पारेका छन् । उपाधिसँगै उनले पचास लाख नगद पुरस्कार पनि हात पारे ।

प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका विनोद दनुवारले जिते । उनले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए । नेपालीले लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्डबाट दुई लाख नगद पाए ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।

प्रत्यक्ष दर्शकलाई लुट्ने लोकस्टार

नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम भन्दै ठोकुवा गरेका आयोजकले उक्त पैसा असुल्ने भाँडो अन्तिम एपिसोडको फाइनल हेर्ने दर्शकलाई बनाए । उनीहरुले विभिन्न रकम तोक्दै टिकट बिक्री गरेपनि राम्रो ब्यवस्थापन नमिलाउँदा दर्शकले ठगिएको महशुस गरेका हुन् ।

क्षमता भन्दा निकै धेरै टिकट बिक्री गरेका उनीहरुले भिआइपी नाम गरेको टिकटका दर्शकलाई उभ्याएका हुन् । अझै सामान्य टिकट काटेका दर्शकको हालत के भयो होला, अनुमानै लगाउन मुस्किल छ । 

एक हजार रुपैयाँमा टिकट बिक्री गरेका भिआइपी पाहुनाहरु रिसले चुर बनेका थिए । अझै त्यत्रो पैसा तिरेर पनि वरपर राखिदिएको पर्दामा पर्फमेन्स हेर्नुपर्दा उनीहरु निकै मुर्मुरिएका थिए ।
देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट छनोट भएका थिए ।

अडिसनमा छनोट भएका प्रतियोगीले आफूलाई निकै निखारे र अलराउन्डर प्रस्तुति दिए । कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय साँस्कृतिक लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पायो ।

कार्यक्रमको ३६ औं शृंखलासम्म आउँदा प्रत्यक्ष रूपमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भुमिका निर्वाह गरे । सुरेस पौडेलले प्रोजेक्ट हेडको जिम्मेवारी पूरा गरे । एलन श्रेष्ठ, लोकेश बज्राचार्यले निर्देशकीय भूमिका निर्वाह गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै