• २०८१ बैशाख १९ बुधबार

कार्ल्सबर्गले दियो आफ्नो नयाँ ग्रीन फाइबर बोटलको अपडेट

kharibot

काठमाडौँ । कार्ल्सबर्ग ग्रुपले सस्टेनेबली–सोर्सड वुड फाइभरबाट विश्वकै पहिलो पेपर बियर बोटल सृजना गर्ने यात्राको अपडेट प्रदान गरेको छ, जुन १०० प्रतिशत जैव–आधारित र पूर्णरुपले पुनःप्रयोग योग्य छ ।

कार्ल्सबर्गले ग्रीन फाइबर बोटलको अनुसन्धानको दुई नयाँ प्रोटोटाइप अनावरण गरेको छ, जुन बियर राख्नको लागि बनाइएको पहिलो “पेपर बोटल” हो । कार्ल्सबर्गले अन्य प्रमुख ग्लोबल कम्पनीसँगको आवद्धता बारे पनि घोषणा गरेको छ, जो पेपर बोटल प्रविधिको प्रगतिद्वारा दिगो प्याकेजिङ्ग विकास गर्ने लक्ष्यको लागि एकिकृत भएका हुन् ।

यी विकासहरु कार्ल्सबर्गको दिगो प्याकेजिङ्ग नवीनता यात्राको निरन्तरता हो र यो दिगो कार्यक्रम एवं टुगेदर टुवार्डस जेरोको एक मुख्य भाग हुनको साथै यो यसका बु्रअरिज्हरुमा जेरो कार्बन इमिशनको प्रतिबद्धता र सन् २०३० सम्ममा यसको सम्पूर्ण भ्याल्यु चेन कार्बन फुटप्रिन्टमा ३० प्रतिशत कटौती गर्न पनि प्रतिबद्ध छ ।

दुई नयाँ प्रोटोटाइप

दुई नयाँ प्रोटोटाइपहरु सस्टेनेबली–सोर्सड वुड फाइभरबाट बनाइएका छन्, जुन पूर्णरुपले पुनःप्रयोग योग्य छ र जसमा बोटलमा बियर राख्नको लागि भित्री ब्यारियर राखिएको छ ।

एउटा प्रोटोटाइपमा पुनःप्रयोग गरिएको पातलो एभ्त्पोलीमर फिल्म ब्यारियर प्रयोग गरिएको छ र अर्कोमा १०० प्रतिशत जैव–आधारित एभ्ँपोलिमर फिल्म ब्यारियर प्रयोग गरिएको छ ।

पोलिमर रहित १०० प्रतिशत जैव–आधारित बोटल उत्पादन गर्ने समाधान पत्ता लगाउनु कार्ल्सबर्गको मुख्य लक्ष्य भएकोले यी प्रोटोटाइपहरु ब्यारियर प्रविधिको निरिक्षण गर्नको लागि प्रयोग गरिनेछन् ।

माईरियम सिङ्लेटन, कार्ल्सबर्ग ग्रुपका ग्रुप डेभलपमेन्ट उप–सभापतिले भने, 'हामी आफ्नो प्याकेजिङ्ग फम्र्याटमा निरन्तर रुपमा नवीनता ल्याइरहेका छौं र ग्रीन फाइबर बोटलको अहिलेसम्मको प्रगति विवरणमा हामी ज्यादै हर्षित छौं । हामी अहिलेसम्म त्यहाँ नपुगे पनि, यी दुई प्रोटोटाइपहरुले हाम्रो मुख्य लक्ष्यसम्म पुग्नको लागि उल्लेखनीय भूमिका निर्वाह गरेको छ । हरेक नयाँ चिज गर्नको लागि समय लाग्छ र हामी भविष्यमा आउने चुनौतीहरुलाई पार गर्नको लागि त्यसरी नै निरन्तररुपमा सम्बन्धित विज्ञहरुसँग आवद्ध हुँदै जानेछौं, जसरी हामी प्लाष्टिक–रिड्युसिङ्ग स्न्यापप्याकका लागि आवद्ध भएका थियौं ।'

उत्कृष्टताका लागि निरन्तर प्रयास

वैभवशर्मा, गोर्खा ब्रुअरीका बजार निर्देशकले भने, 'कार्ल्सबर्गले दिगो प्याकेजिङ्ग इनोभेशनको लागि जोड दिएको कुरा नयाँ होइन । हामी वातावरणीय दिगोपनको लागि योगदान पुर्याउने नवीनतम उपायहरुको निरन्तर खोजीमा हुन्छौं । वातावरणीय सुरक्षा हाम्रा प्राथमिकतामा पर्ने प्रमुख कुराहरु मध्ये एक हो र हामी यसको लागि अर्को एक कदम चाल्न प्रयासरत छौं ।

सन् २०१८ मा द ड्यानिस ब्रुअरीले प्याकेजिङ्गका विभिन्न नवीनतम उपायहरु ल्याएका थिए, जसमा पुनःप्रयोग योग्य सृङ्क फिल्म, ग्रीनर लेबल इंक र नवीनतम “स्न्याप प्याक” समावेश छन्, जसले सिक्स–प्याक्सको प्ल्याष्टिक र्यापिङ्गलाई क्यानहरुलाई एक आपसमा चिप्काउने समाधानले प्रतिस्थापित गरेको थियो ।

कार्ल्सबर्गको प्याकेजिङ्गमा निरन्तर गरिरहेको सुधारहरु उत्कृष्टता र नवीनताका प्रकृयाहरु हुन्, जसमा पियोर इष्ट र उज् स्केल जस्ता वैज्ञानिक सफलताहरुको विकास समावेश छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै