• २०८१ बैशाख १९ बुधबार

कार्ल्सबर्ग फाउन्डेसनद्धारा कोरोना बारे अनुसन्धान गर्न १३.८ मिलियन डलर सहयोग

kharibot

काठमाडौँ । कार्ल्सबर्ग फाउन्डेसनले विश्वब्यापी महामारीको रुपमा तिब्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को न्युनिकरणको निम्ति डेनिस क्रोने ९ करोड ५० लाख (लगभग १३.८ मिलियन अमेरिकी डलर सहयोग गरेको छ ।

उक्त सहयोग रकमको प्राप्तकर्ताहरुमा तीन अन्तराष्ट्रिय मान्यता प्राप्त कोरोनाभाईरस सम्बन्धि अनुसन्धान गर्ने टोली रहेका छन् ।

फाउन्डेसनका अध्यक्ष प्रोफेसर फ्लेमिंग बसेनबाचेरले अहिले विश्व नै कोरोनाको महामारीले ग्रस्त भएको बेला कार्ल्सबर्ग परिवारका तीन फाउन्डेसन विश्वका प्रमुख अनुसन्धान गर्ने संस्थालाई अहिलेको समस्याबाट बाहिर निस्किन सहयोग गरेको बताए । उनले कार्ल्सबर्ग परिवार समाज समस्यामा परेको बेला सधै सहयोगको लागि अगाडी आईरहेको समेत बताए । 

कार्ल्सबर्ग फाउन्डेसनले सबै लाभांशहरु आधारभूत विज्ञान र समाजमा उत्पन्न हुने विभिन्न किसिमका समस्याको निवारणको लागि सहयोग प्रदान गर्ने गर्दछ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै