• २०८१ बैशाख १७ सोमबार

भारतले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै 

kharibot

काठमाडौँ । आज देखि शुरु हुने एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत नेपालले भारतविरुद्ध खेल्दै छ । 

यसै बीच भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । भारतले बलिङ रोजेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालसहित टेस्ट राष्ट्र श्रीलंका, पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश, ओमान र  हङकङ गरि कुल ८ टिम सहभागी रहेका छन् ।

सबै सहभागी टिमले १५ जनाको टिममा ११ जना खेलाडी २३ वर्ष मुनिको खेलाडी अनिवार्य राख्नु पर्नेछ भने ४ जना खेलाडी २३ वर्ष माथिको राख्न पाइनेछ । २३ वर्ष माथिको मात्र ३ जना खेलाडी मात्र अन्तिम-११ मा राख्न पाइनेछ ।

नेपालले भने पुर्व कप्तान पारस खड्का र स्टार स्पिनर सन्दीप लामिछाने बिना नै यो प्रतियोगिता खेल्न लागेको छ । शुरुमा यस प्रतियोगितामा युएई खेल्ने भएकोमा अन्तिम समयमा युएईले आफ्नो नाम फिर्ता लिएपछि एसीसीले नेपाललाई खेल्ने अवसर दिएको हो ।

अन्तिम समयमा खेल्ने निश्चित भएकाले पारस र सन्दीपले युएईमा आजदेखि नै शुरु हुने टी-१० लिगका लागि प्रतिबद्धता जनाईसकेको अवस्था भएकाले क्यानले उनीहरुलाई टी-१० लिग खेल्ने अनुमति दिएको हो ।   

भारतविरुद्ध इमर्जिङ कम खेल्ने नेपाली प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), शरद भेस्वाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी,  ललित नारायण राजबंशी, पवन सराफ, सुशान भारी, आरिफ सेख र कुशल भुर्तेल ।

त्यस्तै म्यानेजर प्रशान्त विक्रम मल्ल, कोच : उमेश पटवाल, सहायक कोच : दिपेन्द्र प्रताप सिंह, भिडियो एनालिष्ट : रमन शिवाकोटी, फिजियो :विक्रम न्यौपाने रहेका छन् ।

नेपालको खेल तालिका :

नोभेम्बर १४ : नेपाल भर्सेज भारत 
नोभेम्बर १६ : नेपाल भर्सेज हङकङ
नोभेम्बर १८ : नेपाल भर्सेज बंगलादेश 

प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २० र दोस्रो सेमिफाइनल नोभेम्बर २१ मा हुने छ भने फाइनल खेल नोभेम्बर २३ मा हुने छ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै