• २०८१ बैशाख १६ आइतबार

नाइटक्लबमा पुर्वराजा ज्ञानेन्द्र, कमल थापा भन्छन्- जनताको सुखमा रमाउने राजा

kharibot

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र परिवारसहित ठमेलस्थित क्लब एलओडीमा नाचगान गरेका भिडियो अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र ३० कात्तिक राति ठमेलस्थित नाइट क्लब लर्ड अफ ड्रिङ्कस (एलओडी) मा पुगेर परिवारसहित रमाइलो गरेपछि अहिले सो भिडिओ भाइरल बनेको छ ।

एलओडीले फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीर र भिडियोमा पूर्वराजा ज्ञानेन्द्र र परिवारले क्लबमा रमाइलो गरेको देख्न सकिन्छ ।  

क्लबमा ज्ञानेन्द्रकी बुहारी हिमानी शाह र छोरी प्रेरणा शाह पनि पुगेका थिए ।

'जंगी निशान हाम्रो' गीतमा राजा ज्ञानेन्द्र, हिमानीले दर्शकलाई अभिवादन गर्दा नाचेको देख्न सकिन्छ ।

भिडियो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले नाइट क्लबमा नाचगान गरेको भिडिओ ट्वीट गर्दै त्यसलाई राप्रपाले परिकल्पना गरेको 'राजासहितको लोकतन्त्रको एक उपमा' भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, 'राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दु:खमा चिन्तित रहने, जनताको साथमा रहने । संबिधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक-राजसंस्था ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै