• २०८१ बैशाख १५ शनिबार

इमर्जिङ कपको उपाधि पाकिस्तानले जित्यो

kharibot

काठमाडौँ । इमर्जिङ टिम्स एशिया कपको उपाधि पाकिस्तानले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई ७७ रनले पराजित गर्दै इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको हो ।

पाकिस्तानले दिएको ३०२ रनको लक्ष्य पछाएको घरेलु टिम बंगलादेश ४३.३ ओभरमा २२४ रन बनाएर अल आउट भएपछि पाकिस्तान ७७ रनले विजयी भएको हो ।

बंगलादेशका लागि अफिफ होसैन ध्रुबोले सर्वाधिक ४९ रन बनाएका थिए भने जान्मुल शान्तोले ४६ रन बनाएका थिए । त्यस्तै महादी हसनले ४२ रन बनाए भने यासिर अली चौधरीले २२ रन बनाए ।

बंगलादेशलाई सस्तैमा आउट गर्ने क्रममा पाकिस्तानी बलर मुहमद हसनैनले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै खुशदिल शाह र सैफ बदारले २-२ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै रोहैल नाजीरको शतकीय पारीको मद्धतले ५० ओभरमा ६ विकेट गुमाएर ३०१ रन बनाएको थियो । नाजीरले १११ बल खेल्दै ११३ रन बनाएका थिए ।

त्यस्तौ इमरान रफिकले ६२ रन बनाएका थिए भने साउद शकीलले ४२ रन बनाए । त्यस्तै खुसदिल शाहले २७, हैदर अली खानले २६ रन बनाएका थिए ।

बंगलादेशका बलर सुमोन खानले ३ विकेट लिए भने हसन महमुदले २ विकेट लिएका थिए ।

इमर्जिङ कपमा नेपाल पनि सहभागी भएको थियो । नेपाल समुह चरणमा एक खेल मात्र जितेर बाहिरिएको थियो । नेपालले हङकङमाथि जित हासिल गरेको थियो भने भारत र बंगलादेशसँग पराजित भएको थियो ।

इमर्जिङ टिम्स एशिया कप पाकिस्तानले पहिलो पटक जितेको छ । यस अघि सम्पन्न तीन इमर्जिङ कप श्रीलंकाले दुई पटक जितेको छ भने भारतले एक पटक जितेको छ । २०१३ मा भएको पहिलो इमर्जिङ कप भारतले जितेको थियो भने २०१७ र २०१८ मा भएको इमर्जिङ कप श्रीलंकाले जितेको थियो ।                         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै