काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा युभेन्टस सास्सुओलोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
सास्सुओलोका लागि जेरेमी बोगा र फ्रान्सेसको कापुटोले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।
रोनाल्डोले खेलको ६८औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई हारबाट बचाएका थिए ।
योसँगै युभेन्टसको सिरी ए मा १४ खेलमा ३६ अंक भएको छ भने एक खेल कम खेलेको इन्टरमिलानको १३ खेलमा ३४ अंक रहेको छ ।
इन्टरले आइतबार राति हुने खेलमा स्पाललाई पराजित गरेका युभेन्टसलाई पछि पर्दै शिर्ष स्थानमा पुग्ने छ ।
त्यस्तै सास्सुओलोको भने १३ खेलमा १४ अंक भएको छ ।