• २०८१ बैशाख १५ शनिबार

प्रिमियर लिगमा चेल्सी र लेस्टर विजयी 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लेस्टर सिटीले वाटफोर्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लेस्टरले वाटफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लेस्टरको जितमा जेम्स भार्डी र जेम्स माडिसनले एक एक गोल गरेका थिए । 

यो जितपछि लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको १५ खेलमा ३५ अंक छ भने शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ८ अंकले पछाडी रहेको छ ।

त्यस्तै म्यानचेस्टर सिटीभन्दा लेस्टर ३ अंकले अगाडी रहेको छ । त्यस्तै वाटफोर्ड भने १५ खेलमा ८ अंकसहित पुछारमा रहेको छ ।

गएराती नै सम्पन्न अर्को खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा टामी अब्राहीम र मासन माउन्टले एक एक गोल गरेका थिए भने एस्टन भिल्लाका लागि ट्रेजेगुएटले एक गोल फर्काएका थिए । अब्राहीमले आफ्नो पुर्व क्लब भिल्लाविरुद्ध एक गोल र असिस्ट समेत गरेका थिए ।

यो जितपछि चेल्सी १५ खेलमा २९ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै भिल्ला भने १५ खेलमा १५ अंकसहित १५औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय