• २०८१ बैशाख १४ शुक्रबार

प्रिमियर लिगमा आर्सनलमाथि ब्राइटनको शानदार जित  

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब आर्सनल फेरी पराजित भएको छ । लगातार खराब फर्मबाट गुज्रिरहेको आर्सनल गएराती सम्पन्न खेलमा ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

गतसाता मात्र आफ्ना प्रमुख कोचलाई हटाएको आर्सनलले पछिल्ला ९ खेलमा जित हासिल गर्न सकेको छैन ।

ब्राइटनले खेलको ३६औ मिनेटमा एडम वेबस्टरको गोलमा अग्रता लिएकोमा आर्सनलका अलेक्जेण्डर लकाजाटेले खेलको ५०औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि ब्राइटनक नियल माउपेले खेलको ८०औ मिनेटमा गोल गर्दै आर्सनललाई स्तब्ध बनाएका थिए ।

यो खेलपछि आर्सनलको १५ खेलमा १९ अंक भएको छ भने लिगको १०औ स्थानमा रहेको छ । त्यस्तै ब्राइटनको भने १५ खेलमा १८ अंक भएको छ भने लिगको १३औ स्थानमा रहेको छ ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै