• २०८१ बैशाख १७ सोमबार

ब्राजिलले एन्टी मलेरियाका दुई औषधिलाई कोरोनाविरुद्ध प्रयोग गर्ने

kharibot

काठमाडौँ । ब्राजिलले विवादित एन्टी मलेरियाका दुई औषधिलाई कोरोनाविरुद्ध प्रयोग गर्ने भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमितको उपचारका लागि एन्टी मलेरियाका दुई औषधिको प्रयोग गर्ने अनुमति दिएको हो ।

ब्राजिलले मलेरियाका दुई औषधि क्लोरिनक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग गर्ने अनुमति दिएको छ । 

अद्यापि अहिलेसम्म यी दुई औषधीले कोरोना निको हुने वैज्ञानिक आधार भने देखिएको छैन ।

गत मार्चमा ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले कोरोनाको उपचारमा यी दुवै औषधि प्रभावकारी हुने दाबि गरेका थिए ।

तर उनको दाबिलाई खारेज गर्दै सामाजिक संजाल जाइन्ट फेसबुक र ट्वीटरले फेक न्युज फैलाएको भन्दै उनका ति पोष्ट हटाई दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत आफु निकट व्यक्तिहरु कोरोना संक्रमित भएपछि आफुले हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गरिरहेको बताएका थिए।

तर अमेरिकाकै फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले हाइड्रोक्सीक्लोरोक्वीन कोरोनाविरुद्ध प्रभाकारी हुन्छ भन्ने कुरा अझै प्रमाणित गरेको छैन । यो औषधि प्रयोग गर्ने केहिको आँखा र मुटुमा गम्भीर असर परेको रिपोर्ट आएको बताइएको छ । 
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय