काठमाडौं । दुवईमा आजदेखि शुरु भएको टी–१० क्रिकेट लिगमा मराठा अरेबियन्सले उद्घाटन खेल जितेको छ । नेपालका क्रिकेटर सोमपाल कामी खेल्ने अरेबियन्सले पहिलो खेलमा नर्थर्न वारियर्सलाई ५ विकटले पराजित गरेको हो ।
वारियर्सले दिएको १२८ रनको लक्ष्य पछाएको अरेबियन्सले१० ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वारियर्सले १० ओभरमा २ विकेट गुमाउदै १२७ रन बनाएको थियो ।
सोमपालको डेभ्यु :
नेपाली अलराउन्डर सोमपाल कामीले टी-१० लिगमा डेभ्यु गर्दै औसत शुरुवात गरेका छन् । मारठा अरेबियन्सबाट टी-१० लिग खेलिरहेका सोमपालले प्रतियोगिताकै पहिलो खेलमा खेलेका छन् ।
सोमपालले पहिलो खेलमा नर्थर्न वारियर्सविरुद्ध २ ओभर बलिङ गर्दै २८ रन दिएका छन् । सोमपालले आफ्नो पहिलो खेलमा विकेट नलिएपनि एक क्याच भने लिएका थिए ।
सोमपालले १९ रन बनाएर खेलिरहेका निकोलस पूरनको क्याच लिएका थिए ।
टी-१० लिगमा नेपालि तीन खेलाडी खेल्दै छन् भने पूर्व कप्तान पारस खड्का टिम आबुधाबीका लागि इमर्जिंग ट्यालेन्ट म्यानेजरको भूमिकामा रहेका छन् । त्यस्तै कुशल मल्ल टिम आबुधाबीबाट खेल्दै छन् भने करण केसी पुणे डेभिलबाट खेल्दै छन् । करणको टिम पूणेले आजै राति डेक्कन ग्लाडीयटर्सविरुद्ध खेल्दै छ ।