• २०८१ बैशाख १७ सोमबार

हुण्डाई एक्सचेन्ज् योजनाको सुरुवात

kharibot

काठमाडौँ ।  नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यहि मिति २०७७ माघ २६ गते सोमबार देखि हुण्डाई   एक्सचेन्जको सुरुवात गरेको छ ।  

यस योजनामा एक्सचेन्ज्  गर्नुका साथै उच्चत्तम मुल्याङ्कन , आकर्षक नगद छुट ,१५,००० बरावरको को लोयल्टी बोनस र १ ,४०,००० सम्म को एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध  छन् । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का महाप्रवन्धक( सेल्स र मर्केटिङ् ) रुपेश शर्मा भट्टका अनुसार ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देश व्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । हुण्डाई   एक्सचेन्ज नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध रहेको बताएका छन् । 

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरुमा निरन्तरता दिदै आइरहेको  छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय