• २०८१ बैशाख १७ सोमबार

हुण्डाईको नयाँ ग्राण्ड आई १० निओस नेपाली बजारमा, यस्ता छन् विशेषता 

kharibot

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ह्याचव्याक सेग्मेन्टम आफ्नो  लोकप्रिय मोडल ग्राण्ड आई १० निओसको फेसलिफ्ट भर्सन भित्राएको छ । हुण्डाई ग्राण्ड आई १० निओसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो ।

अझ बढी परिस्कृत, आरामदायी र नबिनतमफिचरले भरिएको नयाँ ग्राण्ड आई १० निओस  कम्पनीले प्रवर्धन गरे जस्तै ‘मोर द मिरर’ छ । पूर्व मोडलको तुलनामा ह्याचव्याकको प्रतिस्पर्र्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ । 

हुण्डाई ग्राण्ड आई १० निओस समयसापेक्ष प्रस्तुती र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएका छ । गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलइडि टेल लाईट जडित लाइटवारले नयाँ ग्राण्ड आई १० निओसलाई विशिष्ट स्वरूप दिएको छ । 

त्यस्तै ग्राण्ड आई १० निओसको अघिल्लो भागमा रहेको पेन्टेड ब्याक रेडिएटर ग्रिल र एलइडि डेटाइम रनिङ ल्याम्स्ले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ । साथै यसको १५ इनच डबल टोन स्टाइल स्टील हुईल, प्रोजेक्टर हेड ल्याम्स्, सार्क फिन एन्टिना र रुफ रेलले ग्राण्ड आई १० निओसलाई अझ बढी आकर्षक बनाएको छ ।

सुरक्षाको हिसाबले नयाँ ग्राण्ड आई १० निओस पहिले भन्दापनि बढी परिष्कृत र नबिनतम भएको छ । पहिले भन्दा अझ बलियो र सुरक्षित एड्भान्स हाई स्ट्रेन्थ स्टीलद्वारा तयार गरिएको नयाँ ग्राण्ड आई १० निओसमा चालक तथा यात्रुको सुरक्षाको लागि ४ वटा एयरब्याग्स, टायर प्रेसर मोनिटरिङ स्टम, अटोम्याटिक हेन्डल्याम्स्, इलोक्ट्रेनिक स्टेविलिटि कन्ट्रोल, भेइकल स्टेविलिटी, हिल–स्टार्ट असिस्ट कन्ट्रोल, रिअर पार्किङ क्यामरासँगै आवजसहितके डिस्पले लगायतका विशिष्ट फिचरहरु समावेश गरिएको छ । 

साथै यो फेसलिफ्ट मोडलमा स्पीड अलर्ट सिस्टम, बरगर्ल आलर्म, रिअर डिफोगर, इम्प्याक्ट सेन्सीङ अटो डोर अनलक, स्पीड स्पीड सेन्सीङ अटो डोर लक, हेडल्याम्प एसकर्ट सिस्टमसँगै इमरजेन्सि स्टम संकेत लगायतका प्रविधि सम्पन्न सुरक्षा विशेषता रहेका छन् । 

नयाँ ग्राण्ड आई १० निओसको डबल टोन ग्रे इन्टेरिअर, सेमि फ्यावरिक सिट दिएको छ भने टिल्ट स्टेरिङ, कुल्ड कोल्भ बक्स, फुटवेल लाइटिनिङ, इनफोटेनमेन्ट सिस्टम, रेअर युएसवी चारर्जरले चालक र प्यासेन्जरलाई आरामदायीयात्राको अनुभव गराउने छ ।

थपविशेषताको कुरा गर्दा यसमा रहेको वायरलेस फोन चारर्जर, फास्ट युएसवी टाइप सि चारर्जर, क्रियुस कन्ट्रोल, भोइस रिकोगनाइजेसन, एपलाई कारप्ले र एन्ड्रोइड अटो जस्ता फ्युचरिस्टिक फिचरहरुका कारणले प्रविधिमैत्री कारको रूपमापनि छुट्टै मानक स्थापित गरेको छ ।

त्यस्तै चालकको सुविधाको लागिनयाँ ग्राण्ड आई १० निओसको डिजिटल इन्स्टुमेन्ट कलस्टरमा रहेको मल्टी इनफो डिस्प्ले फिचरबाट फिउल इकोनोमी, एभरेज इकोनोमी, एभरेज भेइकल स्पीड, सर्विस रिमाइन्डर जस्ता अन्य जानकारी लिन सकिन्छ । 

नयाँ ग्राण्ड आई १० निओस १.२ लिटर पेट्रोल इन्जिन पावरमा उपलब्ध छ । १६५ मिलिटिरको ग्राउण्ड क्लिअरेन्स रहेको यो ह्याचब्याकको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभवपाउन सक्ने छन्न् । एमटी अप्सनमा इरा, माग्ना र स्पोटर्स भेरियन्ट र एएमटी अप्सनमा माग्ना र स्पोटर्स भेरियन्ट उपलब्ध रहने नयाँ ग्राण्ड आई १० निओसको प्रारम्भिकमूल्य रु.२९.९६ लाख कायम गरिएको छ ।

नयाँ ग्राण्ड आई १० निओसले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ । हुन्डाई नेपालउत्कृष्ट कारहरुसँगै आकर्षक अफर, सर्वोत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिसका लागिचिर परिचित रहेको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै