• २०८१ बैशाख १७ सोमबार

ओली हिटलरको अवतार हुन्, दासत्व स्वीकार गरिन्न- माधवकुमार नेपाल

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद र केपी ओलीको कहिले भेट नभएको बताए ।

काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल-खनाल पक्ष निकट रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले गएको एमालेको नवौं महाधिवेशनमा दस्तावेज हाम्रो पार्टी भएको नेतृत्वमा ओली आए भन्दै बहुदलीय जनवादसँग ओलीको कुनै भेट नभएको बताएका छन् ।

नेता नेपालले अहिले आसेपासे र दासहरुको घेरामा रहेको बताउदै ओलीले कहिल्लै पनि बहुमतको निर्णय नमानेको आरोप लगाए ।

नेता नेपाल व्यक्ति कमिटीको भित्र हुने नै बहुदलीय जनवादको मूल मन्त्र भएको भन्दै ओली अहिले हिटलरको अवतारमा देखिएको बताए ।

उनले अहिले ओली हिटलर बनेको भन्दै उनको निरङ्कुशता सहन नसकिने बताए । उनले आफुहरु कसैको दास बन्ने कुरा स्वीकार गर्न नसक्ने बताउदै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा लैजाने बताए । 

ओलीमा कम्युनिष्ट संस्कार नै नभएको भन्दै नेपालले ओलीले आफुलाई कमरेड भनेको नरुचाउने र 'बा' भनेको रुचाउने बताए ।

नेता नेपालले आफुहरुको लडाई ओली व्यक्तिको विरुद्धमा नभएर ओली प्रबृतिविरुद्धको भएको बताए ।   

आफुमा युवा जोश बाँकी रहेको भन्दै नेता नेपालले अब आफु ७७ वटै जिल्लामा जाने बताएका हुन् ।

आफुले समस्याको समाधान गरेर अगाडी बढ्ने बताउदै आफुहरुले पार्टी नफुटाउने र मैदान पनि नछोड्ने बताए ।

नेता नेपालले पार्टी फुटाउने केपी ओली भएको बताउदै आफुहरुले पार्टी नफुटाउने प्रतिबद्धता व्यक्त गरे ।

नेता नेपालले भने,'एक जना कमरेड मसँग आएर भन्नु भयो कमरेड रातभर निन्द्रा लाग्ने । तर मेरो फरक छ मत मजाले सुते । मेरो ५० बर्ष भन्दा बढीको राजनीतिको एउटा मन्त्र छ । समस्याबाट नभाग्ने । जस्तो परिस्थिति आएपनि डटेर सामना गरेर अगाडी बढ्ने हो । मैदान छोडेर भाग्ने होइन ।'

नेपाल-खनाल पक्षले देशभर पार्टी कमिटी तथा जनसंगठनहरूको भेला, बैठकलाई निरन्तरता दिने र आधारभूत तहसम्मै रहेको आफ्नो शक्ति परिचालन गर्ने निर्णय गरेको छ । जस अनुसार महिला संघ र युवा संघको भेला सम्पन्न गरिसकेको छ ।

नेता नेपालले अब अन्य संगठनको पनि राष्ट्रिय भेला गर्दै जिल्ला जिल्लामा भेला गरेर संगठन बलियो बनाउने अभियान चलाउने नेता नेपालले बताए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै