• २०८१ बैशाख १७ सोमबार

वागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

kharibot

काठामडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।

एमालेकै माधवकुमार नेपाल पक्षधर सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

नेपाल पक्षका सांसदहरुले पछिल्लो विकसित परिस्थितिका कारण एमाले एउटै भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइएको बताएका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध गत पुष १० गते अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै