काठमाडौँ । कार्ल्सबर्ग बियर र इङलिश प्रिमियर लिग क्लब लिभरपुलबीचको सहकार्य भएको २५औ बर्षको अवसरमा कार्ल्सबर्गले आफ्नो विशेष उत्पादन (लिमिटेड एडिसन) ‘रेड हप’ बोतल काठमाडौँमा सार्जनिक गरिएको छ ।
कार्ल्सबर्ग बियरले विशेष अनुसन्धान गरेर लिभरपुलसँगको सहकार्यलाई विशेष बनाउन यस लिमिटेड एडिसनको उत्पादन गरेको जानकारी दिएको छ ।
यसै अवसरमा गोरखा ब्रुअरीका डेपुटी प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस अवसरमा आफु निकै उत्साही भएको बताउदै लिभरपुल आफुहरुसँग यसअघि भन्दा अझै नजिक भएको बताए ।
कार्ल्सबर्गले लिभरपुलसँगको २५ बर्षे सम्बन्ध झल्किने लिमिटेड एडिसन वियर गत अक्टोबरमा लन्च गरेको थियो । कार्ल्सबर्गको कोपनहेगन स्थित ग्रिन हाउसमा विशेष प्रकारको ‘रेड होप’ लगाएर ६ महिना पछि त्यसलाई विशेष स्वादमा यो बियर बनाइएको जनाएको छ ।
ग्रोखा ब्रुअरीका मार्केटिंग निर्देशक बैभव शर्माले कार्ल्सबर्ग र लिभरपुलबिचको सम्बन्ध खेल क्षेत्रकै लामो सम्बन्ध भएको उल्लेख गर्दै लिभरपुलका फ्यानहरुका लागि कार्ल्सबर्गको यो विशेष उपहार भएको बताएका थिए ।
सो अवसरमा लिभरपुलका फ्यान स्वर्गीय विकास न्यौपानेका परिवारलाई लिभरपुलका खेलाडीले हस्तक्षार गरेको विशेष जर्सी हस्तान्तरण गरिएको थियो ।
त्यस्तै सोहि अवसरमा लिभरपुल र म्यान्चेस्टर सिटीबिचको प्रिमियर लिगको खेल पनि देखाइएको थियो, जसमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई ४-३ गोल अन्तरले पराजित गरेको थियो ।