• २०८१ बैशाख १७ सोमबार

बर्दियामा बुद्धको मुर्तिसहित पाँच जना पक्राउ

kharibot

बर्दिया । प्रहरीले बुद्धको मुर्तिसहित पाँच जनालाई पक्राउ गरेको छ  ।

बर्दिया प्रहरीले बर्दियाको गुलरिया नगरपालिका-७ गुलरिया बजारस्थित विजय गेष्ट हाउसबाट ७ किलो ७०२ ग्राम तौल र उचाई ९.५ ईन्च भएको बुद्धको मुर्तिसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका-७ बस्ने वर्ष ४० को निराजन उप्रेती, मधुबन नगरपालिका-१ बस्ने वर्ष ३४ को उज्वल रोकाय, वडा नम्बर ९ बस्ने ३४ बर्षका अमृत राई, बर्दिया ठाकुरबाबा नगरपालिका-९ बस्ने वर्ष ३२ को ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका-२ बस्ने वर्ष २९ को मग बहादुर नेपाली रहेको बर्दिया प्रहरीले जनाएको छ ।

प्रहरीले केही मानिसहरुले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहु मुल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले होटलमा चेकजाँच गर्दा किनबेच गर्ने उद्देश्यले राखिएको बुद्धको मुर्तिसहित मानिसहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाईएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय