• २०८१ बैशाख १७ सोमबार

कांग्रेस महाधिवेशनः सुदूरपश्चिमबाट १५ सय प्रतिनिधि सहभागिता हुँदै

kharibot

कैलाली । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागिता हुन सुदूरपश्चिमबाट करिब १५ सय कार्यकर्ता काठमाडौँ पुग्दैछन् । 

काठमाडौँमा यही मंसिर २४ देखि २७ गतेसम्म हुन गहिरहेको केन्द्रीय महाधिवेशनका लागि सुदूरपश्चिबाट करिब १५ सय जना सहभागि हुन लागेका छन् ।

महाधिवेशनमा चार सय १६ जना महाधिवेशन प्रतिनिधी र ५ जना केन्द्रीय सदस्य गरेर चार सय २३ जना सहभागि हुन लागेको सुदूरपश्चिम प्रदेश अधिबेशन प्रचार–प्रसार विभाग संयोजक नृपबहादुर सुनारले बताए ।

महाधिवेशन प्रतिनिधिबाहेक अन्य कार्यकर्ता गरेर एक हजारभन्दा बढी महाधिवेशनमा सहभागिताका लागि गएको उनको भनाइ छ । यो संख्या अझै बढन् सक्ने उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै