काठमाडौँ । जारी एसेज सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया विजयी भएको छ ।
अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछाएको ईङल्याण्ड केवल १२४ रनमा अलआउट भएपछि अस्ट्रेलियाले दुई दिन अघि नै १४६ रनले पाँचौ टेस्ट जितेको हो ।
खेलको तेस्रो दिन अस्ट्रेलिया दोस्रो इनिङमा १५५ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ११५ रनको अग्रताको आधारमा अस्ट्रेलियाले ईङल्याण्डलाई २७१ रनको लक्ष्य दिएको थियो ।
अस्ट्रेलियालाई दोस्रो इनिंगमा सस्तैमा अलआउट गर्नेक्रममा ईङल्याण्डका बलर मार्क वूडले ६ विकेट लिएका थिए ।
अस्ट्रेलियाले पहिलो इनिंगमा ३०३ रन बनाएको थियो भने ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा १८८ रन बनाएको थियो । यो जितपछि
५ खेलको सिरिज अस्ट्रेलियाले ४-० ले जितेको छ । सिरिजको चौथो खेल ड्र भएको थियो ।