• २०८१ बैशाख १७ सोमबार

उज्वेकिस्तान र इजिप्टबीच १.६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता

kharibot

काठमाडौं । उज्वेकिस्तान र इजिप्टले विभिन्न क्षेत्रमा १.६ बिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन् । उज्बेकिस्तानका राष्ट्रपतिको प्रेस सेवाले बुधबार जनाएअनुसार सो सम्झौतामा ऊर्जा, कपडा र कृषि क्षेत्रहरू समेटिएको छ ।

सो सम्झौतामा उज्बेकका राष्ट्रपति शावकट मिर्जियोयेभको यही फेब्रुअरी २० देखी २१ साम्म भएको इजिप्ट भ्रमणको क्रममा हस्ताक्षर गरिएको थियो । मिर्जियोयेभ र उनका इजिप्टका समकक्षी अब्देल–फताह अल–सिसीले संयुक्त परियोजनाहरू कार्यान्वयन गर्न एवं व्यापार र लगानी सहयोगलाई प्रवर्द्धन गर्न विस्तृत मार्गचित्र अपनाउन पनि सहमति जनाएका छन् ।

“इजिप्टका कम्पनीहरूसँग हाम्रो देशमा संयुक्त रूपमा ठूला लगानीका कार्यक्रमहरू लागू गर्ने अवसर छ,“ उज्बेक राष्ट्रपतिले उल्लैक गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै