• २०८१ बैशाख १७ सोमबार

वैवाहिक बन्धनमा बाँधिइन् न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा

kharibot

वेलिङ्टन । न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डन र क्लार्क गेफोर्डले शनिबार विवाह गरेकी छन् ।

परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उहाँको विवाह भएको हो ।  न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षा बीच सो समारोह आयोजना गरिएको थियो ।

सो समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए ।

आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ ।  उनीहरू बीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो तर कोभिड-१९ महामारीका कारण स्थगन गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै