• २०८१ बैशाख २० बिहीबार

नेपाल बैक र सिटी एक्सप्रेस मनिबीच रेमिट्यान्स सम्झौता

kharibot

काठमाडौं । नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबिच रेमिटान्स (विप्रेषण) कारोबार सम्वन्धी परिमार्जित सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिटी एक्सपे्रसका तर्फतबा प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनले बैकको धर्मपथस्थित प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरे ।

सम्झौता पश्चात नेपाल बैक लिमिटेड्बाट पठाएको रेमिटान्स सिटी एक्सप्रेस मनि ट्रान्सफरका सम्पुर्ण एजेन्ट मार्फत भुक्तानी प्राप्त गर्न सकिने तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर मार्फत पठाईएको अन्तराष्ट्रिय रेमिटान्स नेपाल बैक लिमिटेडका सम्पुर्ण शाखा र यस बैकका एक हजार बढी एजेन्टहरुबाट भुक्तानी प्राप्त गर्न सकिने थप सुविधा सेवाग्राहीलाई उपलव्ध हुनेछ ।

सो परिमार्जित सम्झौता हस्ताक्षर समारोहमा नेपाल बैक लिमिटेड् केन्द्रीय वित्त विभागका मुख्य प्रवन्धक होम वहादुर खड्का, सिटी एकस्प्रेस मनि ट्रान्सफरका प्रमुख वित्त अधिकृत ऋषिराम पौडेल लगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थिति थियो ।

एक परिपक्व स्थीर वित्तिय संस्थाको रुपमा आठ दशक यता अविच्छिन्न रुपमा देशको वित्तिय सेवामा संलग्न नेपाल बैक लिमिटेड्ले ०७५ असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब ६३ करोड् कर्जा प्रवाह गरेको छ ।

मुलुकका हिमाल पहाड तराई ५६ जिल्लामा फैलिई १४० शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १४ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पु¥याईरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै