• २०८१ बैशाख २० बिहीबार

नेपाल बैकले चिप बेस्ड भिसा डेबिट कार्ड ल्यायो

kharibot

कााठमाडौं । नेपालको बैकिंग इतिहासको धरोहर नेपाल बैक लिमिटेड्ले आगामी ८२ औ वार्षिकोत्सवका उपलक्षमा आफ्ना ग्राहकलाई थप सुविधा उपलव्ध गराउने क्रममा चिप बेस्ड् भिसा डेविट कार्ड संचालनमा ल्याएको छ ।  

यही असोज १५ गतेबाट संचालनमा ल्याईएको यो कार्ड बैकको ८२ औ वार्षिकोत्सव आगामी कार्तिक ३० गतेसम्म ग्राहकलाई निःशुल्क जारी गरिने छ । यसअघि बैकले संचालनमा ल्याएको एससिटि कार्ड प्रतिष्थापन गरी ल्याईएको यो कार्डमा एटिएम आउटलेट र प्वाईन्ट अफ सेल्स (पिओएस ) मेसिनबाट भुक्तानी लिन र दिन सकिने थप विशेषता रहेका छन् ।

बढी सुरक्षित र भुक्तानी लेनदेनमा सहजता रहेको यस सेवाबाट देशको दुरदराजदेखि सुगमका नेपाल बैक लिमिटेडका लाखौं ग्राहक लाभान्वित हुने विश्वास लिईएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै