काठमाडौँ। गत अगस्ट १८ देखि सुरु भएको एशियन गेम्स आजदेखि सकिएको छ । १५ दिनसम्म चलेको एसियाली खेलकुदको १८औं संस्करण इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा आजदेखि सकिएको हो ।
एसियाका सबै ४५ मुलुकबाट गरी ४९ खेलमा करिब १० हजारको संख्यामा खेलाडीहरु इण्डोनेसियामा भेला भए । नेपालबाट पनि २९ खेलमा १८७ खेलाडी इण्डोनेसिया पुगेका थिए ।
एशियाली गेम्समा सहभागी भएका ४५ देशमध्ये ३७ देशले पदक जितेका छन् भने आठ देश रित्तो हात फर्कनुपर्यो । नेपालले यस एशियन गेम्समा प्याराग्लाइडिङमा एक रजत जितेपछि पदकविहीन हुनबाट जोगिएको छ ।
एसियाली खेलकुदमा चीनले सबैधन्दा धेरै पदक जित्न सफल भएको छ। चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जित्दै पहिलो भएको छ। त्यस्तै जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी १७७ पदक जित्यो भने आयोजक इण्डोनेसियाले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी ९८ पदक जितेर क्रमश तेस्रो र चौथो भएका छन।
त्यस्तै उज्वेकिस्तान २१ स्वर्ण, २४ रजत र २५ कास्य सहित पाचौ र २० स्वर्ण २० रजत र २२ कास्य जितेर इरान छैठौ स्थानमा रहेको छ।
छिमेकी मुलुक भारत १५ स्वर्ण, २४ रजत र ३० कास्य जितेर अठौ स्थानमा रह्यो। एक रजत जितेको नेपाल पदक तालिकामा ३३औं स्थानमा रहेको छ ।
त्यस्तै एशियन गेम्समा भाग लिएका यमन, भुटान, श्रीलंका, माल्दिभ्स, काजकिस्तान, इस्ट टिमोर, ओमान र ब्रुनाईले कुनै पदक जित्न सकेनन्।
कुन देशले कति पदक जिते :