• २०८१ बैशाख १८ मंगलबार

कञ्चनपुर घटनामा सरकार गम्भीर भएन - नेपाली काँग्रेस 

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्मला हत्या प्रकरणबारे सरकार गम्भीर नभएको आरोप लगाएका छन्। 

सोमवार प्रतिनिधिसभामा जरुरी महत्वको विषय भन्दै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफुसहितको टोलीले पार्टीको तर्फबाट कञ्चनपुरमा स्थलगत रुपमा गरेको अध्ययनबारे जानकारी गराउँदै सरकार निर्मला पन्त हत्याबारे सरकार गम्भीर नभएको बताएका छन् ।

बडूले आफुहरुको स्थलगत भ्रमणमा गत भदौ १० र ११ गते समाजका अगुवा, स्थानीय नागरिक, महिला समूहहरु, पत्रकारहरु र मृतक परिवारहरु, पीडितहरु, नागरिक समाजका अगुवाहरुसँग छलफल गरेको र वडा प्रहरी र जिल्ला प्रहरीले त्यस घटनालाई हल्का रुपमा लिएको पाइएको संसदमा जानकारी गराए। 

बडूले भने, ‘देशमा वलत्कारका घटना बढ्दै गएको छ । भदौ १४ गते कञ्चनपुरको बेलगाँडीमा किशोरी बतात्कृत भएकी छन् । निर्मला पन्तको बलात्कारपछि निर्मम तरिकाले गरिएको हत्याको घटना मनाव सभ्यताको कलंक बन्न पुगेको छ। ’ 

त्यस घटनाको वास्तविकता बुझ्न आफ्नो पार्टीका अन्य नेताहरुसहित आफू कञ्चनपुर पुगेको र सरोकारवालाहरु सबैसँग छलफल गरेको जानकारी गराउँदै उनले घटनाबारे सबैको एकै स्वर र एकै मत रहको बताए । बडूले स्थानीय भिमदत्तनगरका मेयरले गम्भीर रुपमा नलिएको र समयमा घटनास्थलमा नआएको आफुहरुले पाएको बताए।    

उनले स्वस्फुर्त रुपमा सडकमा उत्रिएको आन्दोलनप्रति सत्ता पक्षका वरिष्ठ नेताहरुले नै कञ्चनपुरमा काँग्रेसले लासको राजनीति गरेको भन्ने तल्लो स्तरको टिप्पणीलाई आम जनताले खारेज गरेको बताए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै