• २०८१ बैशाख १७ सोमबार

‘ए मेरो हजुर ३’ मा अनमोलसँग सलोन बस्नेत

kharibot

काठमाडौँ।  अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहने फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भएका छन् । अनमोलले सलोनसँग तेस्रो पटक सँगै काम गर्न लागेका हुन् । 
 
यसअघि यी दुई 'होस्टेल' र 'गाजलु' मा काम गरेका थिए । निर्माता सुनिल कुमार थापाले कथाको माग अनुसार नै 'ए मेरो हजुर' को तेस्रो सिरिजमा सलोनलाई लिएको जानकारी दिएका छन् । फिल्ममा उनी भएपछि लिड हिरो नै छायाँमा पर्ने गर्छन् । 
 
यो फिल्मको दोस्रो सिरिजमा पनि उनी लिड रोलमा थिए । उक्त फिल्ममा सलोनको कामको सर्वाधिक प्रशंसा भएको थियो । उनी बिनाको फिल्म कल्पना गर्न पनि नसकिने निर्माता थापा बताउँछन् । 

असोज पहिलो साताबाट औपचारिक रुपमा छायांकन सुरु हुने फिल्ममा अभिनेता अनमोलको अपोजिटमा निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा देखिँदैछिन् । उनको यो डेब्यु फिल्म हो । 
 
‘ए मेरो हजुर ३’ मा अनमोलले एक गायकको भूमिका निर्वाहा गर्दैछन् भने सुहाना फ्यानको भूमिकामा देखिनेछन् । एक सेलिव्रेटी र फ्यानबीचको प्रेमकथा फिल्मले वाचन गर्ने बताइएको छ । अनमोल यसमा 'प्रेम' को रोलमा छन् । 
 
फ्लोरमा निस्कनु अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । झरना थापाले निर्देशन गर्ने फिल्म चैत २९ गते रिलिज हुँदैछ । सुहाना इन्टरटेन्मेन्टको ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै