• २०८१ बैशाख १७ सोमबार

अनमोल-सुहानाको ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

यसअघि सार्वजनिक गरिएका दुई गीत ‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ बोलको गीतले चर्चा पाइरहेका बेला फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । 

अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापाको अभिनय रहेको यो फिल्म यसअघि बनाइएको फिल्म ए मेरो हजुरको तेस्रो सिक्वेल हो ।

फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा छन् भने सुहाना उनकी फ्यानको भूमिकामा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरमा अनमोल र सुहानाको जोडी उत्कृष्ट देखिएको छ ।

फिल्म ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् । सुहाना उनकै छोरी हुन् । सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । 

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् ।  फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै