• २०८१ बैशाख १७ सोमबार

अनमोल रकस्टार बनेको ‘ए मेरो हजुर ३’ गीत सार्वजनिक 

kharibot

काठमाडौँ । रिलिजको पूर्वसन्ध्यामा ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक भएको छ ।

प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द रचना छ । प्रतिक र पुष्पन प्रधानले गीतमा संगीत भरेका छन् । गीतको भिडियोमा गायक प्रेमको भूमिकामा रहेका अभिनेता अनमोल केसीलाई रकस्टारको रुपमा देख्न सकिन्छ ।

अनमोलको कन्सर्टमा डेब्यू गर्ल सुहाना थापा झुमिरहेकी छन् । फिल्ममा अनमोल स्टार गायक र सुहाना उनको फ्यानको भूमिकामा छिन् । फिल्मले एक स्टार गायक र डाइहार्ट फ्यानको प्रेमकथा वाचन गरेको छ । सार्वजनिक गीतलाई सुदीप बरालले खिचेका हुन् । गीतमा देखिएको हजारौं क्राउड 'अनमोल इभ' कन्सर्टमा खिचिएको हो ।

यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काको सम्पादन छ ।

फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झा, विशाल पण्डितलगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा कल्याण सिंह, पुष्पन प्रधान, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय