• २०८१ बैशाख १७ सोमबार

अनमोल-सुहाना स्टारर ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक 

kharibot

काठमाडौँ । सुपरस्टार अनमोल केसी र सुहाना थापा स्टारर यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘ए मेरो हजुर ३’ को अफिसियल टिजर रिलिज भएको छ । बसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर रिलिज गरेको हो । टिजरमा अनमोललाई 'मेगास्टार' सम्बोधन गरिएको छ । 

अनमोल र सुहानाको प्रेम कथा रहेको फिल्मको सार्वजनिक टिजरमा दुईको प्रेमलाई सुन्दर ढंगबाट देखाइएको छ । सांगीतिक प्रेमकथामा आधारित बताइएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । गत वर्ष यस फिल्मको दोस्रो पार्ट प्रदर्शनमा आएको थियो, जुन बल्कबस्टर साबित भएको थियो । 

चैत २९ गतेबाट देशैभर प्रदर्शनमा आउने तरखरमा रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । 

अनमोलका दुई फिल्म डेढ महिनाभित्र प्रदर्शन हुने भएका छन् । आगामी फागुन १७ मा अनमोलको 'क्याप्टेन' रिलिज हुदै छ भने त्यसको डेढ महिनामा 'ए मेरो हजुर ३' प्रदर्शनमा आउँदैछ । 

अनमोल 'क्याप्टेन' मा उनी फुटबल खेलाडीको भूमिकामा छन् भने 'ए मेरो हजुर ३' मा गायक बनेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै