काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू१९ युथ एशिया कपको अन्तिम खेल खेलिरहेको नेपालले युएइले दिएको २६९ रनको लक्ष्य पछ्याईरहेको छ । २६९ रन पछ्याउने क्रममा नेपालका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतक बनाएका छन्।
सन्दीपले ७२ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन्। सन्दीप ६७ रन बनाएर आउट भएका छन् । सन्दीपले आसिफ सेखले ५९ रनको तथा रोहित पौडेलसँग ४९ रनको साझेदारी गरेका थिए।
यो समाचार बनाउँदा सम्म नेपालले ४ विकेट गुमाईसकेको छ भने ३२औ ओभरमा १४९ रन बनाएको छ।
अहिले रोहित र पवन खेलिरहेका छन्। भने यस अघि कप्तान आसिफ सेखले ३५, रीत गौतमले १८ तथा ट्रीत राज दास ६ रन बनाएर आउट भएका छन्।