• २०८१ बैशाख १९ बुधबार

बैतडीमा कृषि बैंकको शाखा 

kharibot

काठमाडौं । बैतडीको सिगास गाउँपालिकामा कृषि विकास बैंकले नयाँ शाखा उद्घाटन गरेको छ ।

गत शनिशार बैंकका सञ्चालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि. बैंकिङ्ग कार्यालय, सिगास बैतडीका प्रबन्धक नृप कुंवरले गरे ।

सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उद्घाटन समारोहमा सिगास गाउँपालिका अध्यक्ष हरि सिहं धामी, शिक्षा क्याम्पस प्रमुख राजेन्द्र सिंह धामी, कांग्रेसका पूर्वजिल्ला सभापति उद्धब बहादुर ऐर, उच्च मा.वि.सिगासका प्रमुख गोपाल सिंह धामी, वडा २ का अध्यक्ष तथा कृषि विकास बैंक लि.का ग्राहक प्रेम सिंह धामीले बैंकको उच्च प्रगतिको कामना गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी सिटौलाले बैंकले कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको सेवासुविधाबारे जानकारी गराएका थिए ।  

कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका विभागीय प्रमुख दीर्घ बहादुर अर्याल, शाखा प्रमुख तथा प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय धनगढीका शाखा प्रमुख लिलाधर भट्ट समेतको उपस्थित थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै