• २०८१ बैशाख १९ बुधबार

कृषि बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

kharibot

काठमाडौं । कृषि विकास बैंकको चापाकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले वार्षिक बजेट तथा कार्यक्रम पुस्तिकाको व्यवस्था एवं क्षेत्रीय कार्यालयको परिपत्रबमोजिम शनिबार चापाकोटस्थित गंगालाल माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरेको हो । 

शाखा प्रबन्धक विश्वराज मरासिनीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुुख अतिथि क्षेत्रीय कार्यालय पोखराका निर्देशक मोहदत्त शर्मा पौडेल, विशिष्ट अतिथि क्षेत्रीय कार्यालय पोखराका शाखा प्रमुख मोति प्रसाद पौडेल र शाखा कार्यालय वालिङका प्रबन्धक राम कुमार श्रेष्ठ पनि सहभागी थिए ।

त्यस्तै कार्यक्रममा चापाकोटकै समाजसेवी अगुवा हरि प्रसाद पंज्ञानी, गंगालाल मा. वि. का प्र. अ. खेमराज भट्टराई, चापाकोट वार्ड नं. ९ का वडा अध्यक्ष शंकरभत्त भण्डारी, बैकमा २०४५ साल बाट नियमित कारोवार गरेका बैकका ग्रिनकार्ड होल्डर कर्जाग्राही गिरीधारी भट्टराई अतिथिका रुपमा आमन्त्रित थिए । कार्यक्रममा चापाकोट नगरपालिकाभित्रका विभिन्न १० वटा सहकारी संस्थाका ८० जना सहभागिका रुपमा कार्यक्रमा उपस्थित थिए ।

कार्यक्रममा बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग, भिसा कार्ड र आस्बासम्बन्धी सेवाबारे जानकारी गराइएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै