• २०८१ बैशाख २० बिहीबार

कृषि बैंकको सौराहा शाखाबाट राजस्व सङ्कलन सुरु

kharibot

काठमाडौं । कृषि विकास बैंकले चितवनको सौराहा शाखाबाट राजस्व संकलन सुरु गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाले उक्त कार्यको उद्घाटन गरेका हुन् ।  

सो निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गर्नेछ । बैंकका अनुसार बुधबार उठेको राजस्व रकम १२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी राजस्व खातामा जम्मा गरिएको थियो । सो अवसरमा प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले निकुञ्जबाट उठ्ने राजस्व रकम जम्मा गर्न भरतपुर जानुपर्ने झन्झटबाट मुक्त भई सहज भएको विचार व्यक्त गरेको बैंकले जनाएको छ ।

बैंकका निर्देशक बाबुकाजी थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जका घुम्न आउने पर्यटकको प्रवेश शुल्क, जंगल सफारी शुल्क, ढुंगा÷गिट्टी÷बालुवा कर, दण्ड जरीवाना लगायत गरी दैनिक औसत १० लाख राजस्व संकलन हुने गर्दछ । सो अवसरमा निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल बहादुर घिमिरे तथा ऋषि रानाभाट, खरिदार विमल बास्तोलालगायत बैंकका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै