• २०८१ बैशाख २० बिहीबार

डडेल्धुरामा कृषि बैंकको एटीएम सेवा सुरु 

kharibot

काठमाडौं । जिल्लाको डडेल्धुरा बजारमा कृषि विकास बैंकले एटीएम सेवा सुरु गरेको छ । गत कात्तिक १७ गतेदेखि बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ ।

बैंकका सञ्चालक सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उद्घाटन गरी सेवा सुरु गरेका थिए । सो अवसरमा बैंकको शाखा कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादव, कृषि विकास बैंक लि डडेलधुराका प्रबन्धक चक्र वीर भण्डारीले मन्तव्य राखेका थिए ।

सेवाग्राही तथा सर्वसाधारण जनताको उपस्थितिमा उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ । सो क्रममा बैंकका अधिकारीहरुले बैंकले दिने र दिँदै आएको भिसा कार्ड, आईपिएस, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा, मोबाइल बैकिङ्ग, एसएमएस लगायतका सुविधा बारे जानकारी दिएको थियो ।

कार्यक्रममा कृषि विकास बैंक लि. का उप–महाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख दीर्घ बहादुर अर्याल, कृषि विकास बैंक लि.का प्रवक्ता हिमलाल पौडेल र कृषि विकास बैंक लि.क्षेत्रीय कार्यालयका शा.प्र लिलाधर भट्ट,  समेत उपस्थित थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै