• २०८१ बैशाख १७ सोमबार

पहिलो टेस्टमा अस्ट्रेलियामाथि भारतको रोमान्चक जित 

kharibot

काठमाडौँ। अस्ट्रेलिया भ्रमण रहेको भारतीय क्रिकेट टिमले पहिलो टेस्टमा जित हासिल गरेको छ। टेस्टको पाचौ दिन अस्ट्रेलियालाई दोस्रो इनिङ्गमा २९१  रनमा अल आउट गर्दै ३१ रनको जित हासिल गरेको हो।

अस्ट्रेलियालाई पराजित गर्ने क्रममा दोस्रो इनिङ्गमा भारतीय बलर मोहमद सामी, जसप्रित बुमराह र आर आश्विनले ३-३ विकेट लिएका थिए। त्यस्तै इशान्त शर्माले एक विकेट लिएका थिए। 

अन्तिम विकेटका लागि नाथन लियोन र हजेलवूडले ३२ रनको साझेदारी गरेर भारतमाथि दबाब बनाएपनि हजेलवुड १३ रन बनाएर आउट भएपछि भारत विजयी भएको थियो। लियोनले अविजित ३८ रन बनाउदै अस्ट्रेलियालाई जिताउने प्रयास गरेपनि अन्य ब्याट्सम्यानको साथ नपाउदा उनको प्रयास असफल भएको थियो।

अस्ट्रेलियाका लागि शान मार्शले सर्वाधिक ६० रन बनाए भने टिम पैनेले ४१, मिचेल स्टार्कले २८, मार्कस ह्यारिसले २६ रन बनाएका थिए। 

यसअघि आफ्नो दोस्रो इनिङ्गमा भारत ३०७ रनमा अल आउट भएपछि पहिलो इनिङ्गको १५ रनको बढ्त सहित अस्ट्रेलियाले पहिलो टेस्ट जित्न ३२३ रनको लक्ष्य पाएको थियो । 

 दोस्रो इनिङ्गमा भारतका लागि चैतेश्वर पुजाराले सर्वाघिक ७१ रन बनाए भने आजिख्य रहानेले ७० रन बनाएका थिए। त्यस्तै केएल राहुलले ४४ रन बनाए भने कप्तान विराट कोहलीले ३४ तथा मुरली विजयले १८ रन बनाए।

त्यस्तै अस्ट्रेलियाका बलर नाथन लियोनले दोस्रो इनिङ्गमा ६ विकेट लिए भने मिचेल स्ट्रकले ३ तथा जोश हजेलवूडले एक विकेट लिएका थिए ।  

हाइलाइटस :

भारतीय विकेट किपर रिषव पन्तले एकै खेलमा ११ क्याच लिएर नयाँ रेकर्ड बनाए। भारतका चैतेश्वर पुजाराले पहिलो इनिङ्गमा १२३ र दोस्रो इनिङ्गमा ७१ रन बनाए। अस्ट्रेलियाका बलर नाथन लियोनले पहिलो इनिङ्गमा २ र दोस्रो इनिङ्गमा ६ विकेट लिए।

यसअघि तेस्रो दिनको लन्चसम्म अस्ट्रेलियालाई २३५ रनमा अल आउट गर्दै पहिलो इनिङ्गमा १५ रनको अग्रता लिएको थियो।  भारतीय बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियाविरुद्ध १५ रनको अग्रता लिन सफल भएका थिए । 

अस्ट्रेलियाका लागि पहिलो इनिङ्गमा ट्राभीज हेडले सर्वाधिक ७४ रन बनाएर आउट भए भने नाथन नियोनले अविजित २४ रनको योगदान गरे। पहिलो इनिङ्गमा अस्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकम्बले ३४ रन बनाए। उस्मान ख्वाजाले २८ तथा मार्कस ह्यारिसले २६ रनको योगदान दिएका थिए ।

अस्ट्रेलियाविरुद्ध कसिलो बलिङ्ग गर्दै भारतीय बलर जसप्रित बुम्राह र आर आश्विनले ३-३ विकेट लिए भने इशान्त शर्मा र मोहमद सामीले २-२ विकेट लिएका थिए। 

यसअघि दोस्रो दिन दोस्रो दिन अस्ट्रेलियाले ७  विकेट गुमाएर १९१ रन बनाएको थियो । दोस्रो दिनको खेल भारतीय बलरहरुले आफ्नो नियन्त्रणमा लिएका थिए । 

त्यस्तै टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो। भारतका सुरुका ब्याट्सम्यानहरु सस्तैमा आउट भएपछि चैतेश्वर पुजाराले शतकीय पारी खेलेर भारतलाई सम्मानजनक अवस्थामा पुर्याएका छन्। पुजारा १२३ रन बनाएर रन आउट भएपछि खेल सकिएको थियो।

भारतका लागि रोहित शर्माले ३७ रन बनाए भने रिषव पन्त र आर आश्विनले २५-२५ रनको योगदान गरेका थिए। भारतका ओपनर केएल राहुल २ रन र मुरली विजय ११ रन बनाएर आउट भएका थिए। त्यस्तै कप्तान विराट कोहली पनि केवल ३ रन बनाएर आउट भएपछि भारतीय टिम संकटमा परेको थियो।

भारतलाई रोक्न अस्ट्रेलियाका बलरले उत्कृष्ट बलिङ्ग गरेका थिए। अस्ट्रेलियाका लागि मिचेल स्ट्राक, जोश हजेलवूड, पट कमिन्स र नाथन लिओनले २-२ विकेट लिएका थिए।

४ टेस्ट खेलको सिरिजमा भारतले पहिलो टेस्ट जितेर १-० को बढत बनाएको छ। सिरिज अन्तर्गतको दोस्रो टेस्ट डिसेम्बर १४ मा अस्ट्रेलियाको पर्थमा हुने छ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै