• २०८१ बैशाख १७ सोमबार

‘प्रधानमन्त्रीज्यू, झापाको भ्यु टावरमा चढेपनि निर्मला हत्याको टाटो परैबाट देखिन्छ’

kharibot

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको आइतबारको विशेष बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले भोगविलासबाट गणतन्त्र बलियो नहुने बताएका छन् ।

सरकारको निर्णयबाट १८ करोडको गाडीमा, डेढ अर्बको हेलिकप्टरमा चढाउने र भोगविलासको जीवनमा पुरानो दरबार होइन नयाँ दरबार भोगविलासको बिम्ब बनाउने सरकारको निर्णयबाट संस्था बलियो नहुने, गणतन्त्र बलियो नहुने सांसद रिजालले बताए । 

देश जस्तो छ त्यस्तै सुबिधा राष्ट्रपतिलाई सुबिधा दिन नेपाली जनताले चाहेको भन्दै उनले नयाँ दरबार बनाउन जनताले नचाहेको बताए ।

संसद रिजालले भने, ‘ काठमाडौँ खाल्डोबाट देखिएन होला, त्यसैले झापामा भ्युटावर बनाउने भन्नु भएको छ, माफ गर्नुहोला प्रधानमन्त्रीज्यु खाबो बांगो छ, तपाइँले देखे जस्तो देशको अवस्था छैन । झापाको भ्यु टावरमा चढेपनि निर्मला हत्याको टाटो परैबाट देखिन्छ ।’

सांसद रिजालले पत्रकारको पेशागत स्वतन्त्रालाई आक्रमण गरेर, बुद्धिजीवीको लखेटेर, थालापारेर कर्मचारीलाई तर्साएर, सत्याग्रहीको मानमर्दनगरेर, संबैधानिक निकायको निस्तेज बनाएर, संसद छलेर लोकतन्त्र बलियो नहुने बताए । 

उनले संघियता प्रदेशका मुख्यमन्त्रीसँग अन्तर प्रदेश समन्यव नगर्ने, आयोगलाई क्रियाशील नबनाएर संघियता बलियो नहुने बताए ।

प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको आँकडाप्रति सांसद रिजालले अर्थमन्त्रालयले आफै तथ्यांक प्रस्तुत गरेको भए छलफल गर्न सजिलो हुने बताए । मुल्य वृद्धिको तथ्यांक सहि दिएको भए हुने भन्दै सांसद रिजालले प्रधानमन्त्रीले संसदमा मुल्यवृद्धिको आँकडा गलत दिएको बताए ।
    

       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय